images
images

प्लाज्मा दिएपछि रानी कोमलको स्वास्थ्यमा सुधार


  • 452
    SHARES
  • २०७८ बैशाख १७ गते शुक्रबार

    प्लाज्मा दिएपछि रानी कोमलको स्वास्थ्यमा सुधार

    काठमाडौं । कोभिड १९ महामारीको संक्रमणका नर्भिक अस्पताल भर्ना भएकी  पूर्वरानी कोमल शाहलाई २ सय एमएल प्लाज्मा दिइएको छ । नर्भिक अस्पतालमा उपचाररत शाहलाई बिहिवार प्लाज्मा दिएको हो । रानीलाई कोभिड–१९ भएको मानिसको प्लाज्मा दिएका हो । प्लाज्मा दिएपछि महारानीको स्वास्थ्यमा केही सुधार उपचारमा खटिएका चिकित्सक जीपी जैशवालले जानकारी बताए । प्लाज्मा दिएपनि पूर्वरानीलाई अक्सिजनको सपोर्टमा राखिएको छ । 

    कोभिड १९ संक्रमण भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह सहित कोमल वैशाख ११ गते नर्भिक अस्पताल भर्ना भएकी थिइन् । पूर्वराजा शाहको अवस्था भने सामान्य नै रहेको अस्पताल स्रोतको भनाइ छ । पूर्वराजा ज्ञानेन्द्र दम्पत्ती भारतको उत्तराखण्ड राज्यस्थित हरिद्वारको कुम्भ मेलामा सहभागी भएर वैशाख ५ गते स्वदेश फर्किएका थिए । 


    images

    Logo