images
images

सिद्धिचरण लोकमार्ग स्तरोन्नति गरिँदै, डेढ अर्ब बजेट विनियोजन, हिमाल र तराई जोडिँदै


  • 539
    SHARES
  • २०७८ बैशाख १८ गते शनिबार

    सिद्धिचरण लोकमार्ग स्तरोन्नति गरिँदै, डेढ अर्ब बजेट विनियोजन, हिमाल र तराई जोडिँदै

    काठमाडौं । हिमालदेखि तराईसम्म जोड्ने सिद्धिचरण लोकमार्गको स्तरोन्नति गरिने भएको छ । जीर्ण अवस्थामा रहेको सिराहाको मिर्चैयादेखि सोलुखुम्बुसम्मको उक्त सडकको स्तरोन्नति यसै वर्षदेखि थालिने भएको हो । यसका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमै १ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।

    मिर्चैया–कटारी–घुर्मी–ओखलढुंगा–सोलु सडक स्तरोन्नति गर्न उच्च प्राथमिकता दिई आवश्यक रकम विनियोजन भएको प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले जानकारी दिए । ऐतिहासिक महत्व बोकेको उक्त सडक  सरकारले विशेष बजेट माफर्त स्तरोन्नति गर्ने निर्णय गरेको उनको भनाइ छ । 

    ‘यो सडक प्रदेश १ को समृद्धिसँग जोडिएको छ । यही मार्ग भएर माथिल्लो सगरमाथाकाे सोलु, खोटाङ, ओखलढुंगा र उदयपुरको उत्तरीक्षेत्रमा खाद्यन्न र निर्माण सामाग्री ढुवानी हुन्छ,’ उनले भने, ‘म त्यो क्षेत्रको सांसद भएकाले सिद्धिचरण लोकमार्ग स्तरोन्नति मेरो प्राथमिकतामा छ । प्रदेश सरकारको सिफारिस र समन्वयमा राष्ट्रिय गौरवको योजना बनाएर सरकारले विशेष बजेट व्यवस्था गरेको छ । अब तत्काल ठेक्का प्रक्रिया शुरुआत हुन्छ । लोकमार्गको सडक चौडाई बढाएर ढल निकास सहितको व्यवस्थित बनाइने छ ।’

    कटारी–घुर्मी–ओखलढुंगा सडक स्तरोन्नतिको माग गर्दै उदयुपरको उत्तरी क्षेत्रका स्थानीयले केही दिन अघि सडक अवरुद्ध समेत गरेका थिए । आन्दोलित स्थानीयलाई सम्बोधन गर्दै मन्त्री गुरुङले तत्काल सडक स्तरोन्नतिको प्रक्रिया शुरु गराउने प्रतिवद्धता जनाएका थिए । 

    दशकौं अलपत्र बनेको सडक स्तरोन्नति हुने भएपछि स्थानीयले खुशी व्यक्त गरेका छन् । कटारी नगरपालिका १४ का रुद्र प्याकुरेलले लामो समयदेखि सिद्धिचरण लोकमार्ग स्तरोन्नति गर्न गर्दै आएको माग ढिलै भएपनि पुरा हुनेभएपछि खुशी व्यक्त गरे। ‘हामीले निकै हारगुहार ग¥यौँ ।  सडक मर्मत गर्न माग गरेर कहीँ कतैबाट सुनुवाइ भएको थिएन,’ उहाँले भन्नुभयो 

    कटारी–घुर्मी सडक मर्मत भएपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने यस क्षेत्रका नागरिकको बाध्यता अन्त्य हुनेछ ।


    images

    Logo