images
images

भारतीय बजारबाट सस्तो मूल्यमा बिजुली खरिद गर्दै नेपाल


  • 673
    SHARES
  • २०७८ बैशाख १८ गते शनिबार

    भारतीय बजारबाट सस्तो मूल्यमा बिजुली खरिद गर्दै नेपाल

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा सोझै विद्युत खरिद गर्न शुरु गरेको छ । 

    भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत् व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले जानकारी दिए ।

    शाक्यले सबै शुल्कसहित विद्युतको प्रतियुनिट मूल्य ३.८१  रुपैयाँ रहेको उल्लेख गरे ।

    प्राधिकरणले शनिबार राति १२ बजेबाट २०० देखि २५० मेगावाटसम्म विद्युत भारतीय ऊर्जा एक्सचेञ्ज बजारमा खरिद गरी ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात गर्ने छ ।

     

     

     

     


    images

    Logo