images
images

सुनथराली एयरपोर्ट निर्माण सम्पन्न,जहाज आउने अत्तोपत्तो छैन


  • 465
    SHARES
  • २०८० कार्तिक १४ गते मंगलबार

    सुनथराली एयरपोर्ट निर्माण सम्पन्न,जहाज आउने अत्तोपत्तो छैन

    कालीकोट । सुन्दा अच्चम लाग्न सक्छ तर सत्य घटना हो, कालीकोटको कोटवाडामा भर्खरै सम्पन्न भएको सुनथराली एयरपोर्ट ३८ वर्ष लगाएर निर्माण सम्पन्न भएको छ । 

    २०४२ सालमा तत्कालीन जिल्ला विकास समितिको बजेटबाट शिलान्यास भएको सुनथराली एयरपोर्ट झन्डै चार दशक लगाएर निर्माण सम्पन्न भए पनि यहाँ हवाईजहाज आउने अत्तोपत्तो छैन । 

    औपचारिक विमानस्थल उद्घाटनको मिति चौथो पटक सरेको छ । नागरिक उड्डयन प्राधिकरणले वैशाख १३ गते पहिलो पटक समय निधारण गरेर सुनथराली एयरपोर्टमा हवाईजहाज आउने भनिएको थियो, त्यो दिन आएन । त्यसपछि असार १३ गतेको मिति तय भयो, त्यो मिति पनि टर्यो । तेस्रो पटक साउन १३ गते मिति तय भयो । 

    मन्त्री सुदन किरातीले त्यो मितिमा आफ्नो व्यक्तिगत कारण जनाउँदै आउन नपाइने भन्दै अर्को मिति उनी आफैंले तोके । त्यो मिति थियो भदौ १३ गतेको । पटक पटक मिति तोकिए पनि एयरपोर्टको औपचारिक उद्घाटन नभएकाले कालीकोटका नागरिकले प्लेन चढ्ने सपना मात्र भएको छ । नरहरिनाथ गाउँपालिका–१ को कोटवाडामा रहेको सुनथराली एयरपोर्टमा चार पटकसम्म पनि औपचारिक उद्घाटनको मिति सर्नुमा नेता अनुकूलको समय नमिलेको बताउने धेरै छन् । 

    नरहरिनाथ–१, कोटवाडाका अग्र विष्टले अब यो सरकार र मन्त्रीले एयरपोर्टको औपचारिक उद्घाटन गर्लान् जस्तो आफूलाई नलागेको बताए ।    


    images

    Logo