काठमाडौं । वाणिज्य बैंकको शाखा संख्या ४ हजार १ सय २९ पुगेको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार हालसम्म वाणिज्य बैंकहरुको शाखा सो संख्यामा पुगेको हो ।
हाल २७ वटा वाणिज्य बैंक सञ्चालन रहेकोमा ती बैंकहरुको शाखा संख्या न्यूनतम १२ देखि अधिकतम २ सय ७६ वटासम्म रहेको संघले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । सबैभन्दा कम शाखा सञ्जाल भएको बैंक स्ट्यान्डर्ड चार्टर्ड बैंक हो भने सबैभन्दा बढी शाखा सञ्जाल कृषि विकास बैंकको रहेको देखिएको छ ।
हाल ६ वटा बैंकको शाखा सञ्जाल २ सय भन्दा बढी रहेको छ । ती बैंकहरुमा कृषि विकास बैंक ९२७६०, ग्लोबल आईएमई बैंक ९२७२०, एनआईशी एशिया बैंक ९२५५०, राष्ट्रिय वाणिज्य बैंक ९२४२०, प्रभु बैंक ९२१३० र नेपाल बैंक ९२१२० रहेका छन् ।
त्यस्तै, १५ वटा बैंकको सञ्जाल एक सय भन्दा माथि रहेका छन् । ती बैंकहरुमा कुुमारी बैंक ९१९२०, प्राइम कमर्शियल बैंक ९१९१०, सिद्धार्थ बैंक ९१८९०, मेगा बैंक ९१८५०, एनएमबि बैंक ९१८००, सिटिजन्स बैंक ९१६७०, माछापुच्छ्रे बैंक ९१६००। सनराइज बैंक ९१३९०, एनसीसी बैंक ९१२८०, लक्ष्मी बैंक ९१२७०, सेञ्चुरी कमर्शियल बैंक ९१२२०, नबिल बैंक ९११९०, सिभिल बैंक ९११४०, नेपाल एसबीआई बैंक ९१०४० र एभरेष्ट बैंक ९१००० रहेका छन् ।
बाँकी ६ बैंकको शाखा सञ्जाल मात्रै हालसम्म पनि एक सय भन्दा कम रहेको छ । ती बैंकहरुमा नेपाल बंगलादेश बैंक ९९९०, बैंक अफ काठमाण्डू ९९००, सानिमा बैंक ९८६०, नेपाल इन्भेष्टमेन्ट बैंक ९८६०, हिमालयन बैंक ९७०० र स्ट्यान्डर्ड चार्टर्ड बैंक ९१२० रहेका छन् ।
बैंकहरुको शाखा सञ्जाल धेरै पुग्नुका विविध कारण रहेका छन् । सरकारी लगानीका बैंकहरुको शाखा यसअघि नै धेरै थियो । सशस्त्र द्वन्द्वको समयमा केही शाखा बन्द भए पनि लोकतन्त्र स्थापनापछि ती शाखाहरु पुनस्र्थापित हुँदै जाँदा कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका शाखा सञ्जालहरु उच्च हुन पुगेका हुन् ।
निजी क्षेत्रका बैंकहरुको शाखा विस्तार हुनुको भने विविध कारण रहेका छन् । बिग मर्जरमा गएका, विकास बैंक तथा वित्त कम्पनीलाई एक्वायर गर्नु तथा एग्रेसिभ शाखा विस्तारको रणनीति लिनाले शाखा सञ्जाल विस्तार भएको उच्च देखिएको छ ।
ग्लोबल आईएमई बैंकले २ वटा वाणिज्य बैंक र अन्य ५ वटा वित्तीय संस्थासँग मर्जर भएको बैंक हो । एनआईशी एशिया पनि दुई वाणिज्य बैंक मिलेर बनेको बैंक हो । तर यसको शाखा सञ्जाल विस्तार हुनुको कारण भने बैंकले लिएको शाखा सञ्जाल विस्तारको आक्रामक रणनीति हो ।
तात्कालिन किष्ट बैंकले लिएको शाखा विस्तारको रणनीति, ग्राण्ड बैंकसहित अन्य विकास बैंक तथा वित्तीय संस्थासँगको मर्जरले प्रभु बैंकको शाखा सञ्जाल पनि २ सय भन्दा बढी पुगेको हो ।


