images
images

राष्ट्र बैंकले बैंकहरुलाई भन्यो, ‘शाखाहरु आलोपालोमा खोल्नु’


  • 345
    SHARES
  • २०७८ बैशाख १९ गते आइतबार

    राष्ट्र बैंकले बैंकहरुलाई भन्यो, ‘शाखाहरु आलोपालोमा खोल्नु’

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई २५ प्रतिशत मात्रै कर्मचारी राखेर काम गर्न निर्देशन दिएको छ । कोभिड–१९ महामारीको दोस्रो लहर सुरु भएसँगै राष्ट्र बैंकले बैंकहरुलाई यस्तो निर्देशन दिएको हो । 

    राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै केन्द्रीय कार्यालयमा २० प्रतिशत र शाखा कार्यालयमा २५ प्रतिशत कर्मचारीबाट शाखा सञ्चालन गर्न भनेको हो । 

    त्यस्तै शाखा कार्यालयहरुको सञ्चालन आलोपालो गरी मिलाउन तथा त्यसको सूचना ग्राहकले प्रष्ठ रुपमा थाहा पाउनेगरी राख्ने व्यवस्था गर्न पनि भनिएको छ । त्यस्तै, बैंकहरुले शाखा सञ्चालनका लागि स्थानीय तहसँग समन्वय गर्न समेत भनेको छ । 

    कोभिड–१९ रोकथाम तथा व्यवस्थापन केन्द्र (सीसीएमसी) ले यसअघि बैंकहरुमा बढीमा २५ प्रतिशत मात्रै कर्मचारी राखेर काम गर्ने व्यवस्था गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको थियो । सो निर्देशनलाई कार्यान्वयन गर्दै राष्ट्र बैंकले यस्तो सूचना जारी गरेको हो । 


    images

    Logo