images
images

स्वास्थ्य सामग्री खरीदका लागि रु १० लाख आर्थिक सहयोग


  • 346
    SHARES
  • २०७८ बैशाख १९ गते आइतबार

    स्वास्थ्य सामग्री खरीदका लागि रु १० लाख आर्थिक सहयोग

    बेदकोट । बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई स्वास्थ्य सामग्री खरीदका लागि रु १० लाख आर्थिक सहयोग गरेको छ । 

    नगरप्रमुख अशोक चन्दले आज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई रु १० लाखको चेक हस्तान्तरण गर्नुभएको छ ।

    कोरोना महामारी नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री, अक्सिजन, भेन्टिलेटरलगायत खरीदका लागि बेदकोटले आर्थिक सहयोग गरेको हो ।

    चेक हस्तान्तरण गर्दै नगरका प्रमुख चन्दले कोरोना महामारी नियन्त्रणका लागि पाालिकाका तर्फबाट सहयोग गरिएको बताए ।
    अस्पतालमा अक्सिजनलगायत स्वास्थ्य उपकरणको अभाव भइरहेका बेला पालिकाबाट पाइएको सहयोगले केही राहत पुगेको उनले बताए  ।

     यसैगरी, भीमदत्त नगरपालिककाले समेत अक्सिजन खरीदका लागि अस्पताललाई रु २० लाख दिने घोषणा गरेको छ । कोरोनाको चेन तोड्नका लागि पालिकाले महाकाली अस्पतालसँग सहकार्य गरिरहेका छन् । 

     


    images

    Logo