काठमाडौं । नागरिक लगानी कोष (सीआईटी) ले ७ अर्ब २० करोड रुपैयाँ निक्षेपमा राख्ने भएको छ । २ वर्षे मुद्दति निक्षेपमा सीआईटीले यस्तो लगानी गर्ने भएको हो ।
यस्तो निक्षेप स्वीकार गर्न कोषले ‘क’ वर्गका वाणिज्य बैंकलाई ब्याजदर र निक्षेप स्वीकार गर्ने रकमसहित प्रस्ताव पेश गर्न भनेको छ । बैंकहरुले बैशाख २३ गते बिहान ११ः३० बजेसम्म सिलबन्दी बोलपत्रमार्फत् यस्तो प्रस्ताव पेश गर्न सक्नेछन् ।