images
images

कृषि विकास बैंकले बनायो लगानीकर्ताको हात खाली


  • 492
    SHARES
  • २०८० माघ २६ गते शुक्रबार

    कृषि विकास बैंकले बनायो लगानीकर्ताको हात खाली

    काठमाडौं । कृषि विकास बैंकले लगानीकर्ताको हात खाली बनाएको छ । विहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

    यसको अर्थात यस वर्ष कृषि विकास बैंकका शेयरधनीहरुको पनि हात खाली हुने भएको छ। बैठकले २०८०/३/३१ को वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

    राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ। 

     


    images

    Logo