images
images

लिपिङ खोला जलविद्युत् आयोजनाको ८५ प्रतिशत काम पूरा


  • 457
    SHARES
  • २०८० फाल्गुण ५ गते शनिबार

    लिपिङ खोला जलविद्युत् आयोजनाको ८५ प्रतिशत काम पूरा

    काठमाडौं । लपिङ खोला १६.२६ मेगावाट क्षमताको जलविद्युत्  आयोजनाको  ८५  प्रतिशत  निर्माण  सम्पन्न भएको छ । सुरुङ बाँध, पाइपलाइन र पावरहाउसको काम ८५ प्रतिशत सम्पन्न भएको हो  ।  हिम  रिभर  हाइड्रोपावर कम्पनी  लिमिटेड  प्रवर्धक रहेको उक्त आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । 

    आयोजनाका कार्यकारी निर्देशक सुदीपकुमार चौधरीले निर्माण कार्य सुरु भएको दुई  वर्षभित्र  नै  आयोजनाको  काम  अन्तिम  चरणमा पुगेको जानकारी दिए । दुई वर्ष एक महिनाअघि उक्त आयोजनाको काम सुरु भएको थियो  ।  यही  गतिमा  निर्माण  भइरहेमा  आगामी  २०८१ जेठ महिनाभित्र उत्पादन सुरु हुने उनको भनाइ छ । भोटेकोशीवासी र स्थानीय प्रभावितले यसरी नै साथ दिएमा तोकिएको समयमा उत्पादन हुने चौधरी बताए ।

    प्रसारण  लाइनको  काम  पनि  आउने  वैशाखभित्र सक्ने लक्ष्य लिएको छ । कार्यकारी निर्देशक  चौधरीका  अनुसार  नयाँ  वर्षदेखि  नै  जिल्लाबाट  १६.२६  मेगावाट  बिजुली  राष्ट्रिय  प्रसारण  लाइनमा  जोडिने  छ । हिउँद  महिनामा  ३०  प्रतिशत  विद्युत्  उत्पादन  घट्न  सक्ने  सो  आयोजनाको अनुमान रहेको छ । लिपिङ खोलाबाट उत्पादन भएको विद्युत्मध्ये भोटेकोशी जलविद्युत् आयोजनाको प्रसारण लाइनमा जोडिएर बाह्रबिसे नगरपालिका–४, बेतेमा निर्माणाधीन सबस्टेसनमा पुग्ने छ । आयोजनाको लागत ३ अर्ब ४० करोड रुपैयाँँभन्दा बढी रहेको आयोजनाले जनाएको छ ।

     


    images

    Logo