images
images

केयरगिभरमा इजरायल जान करार सम्झौता


  • 514
    SHARES
  • २०८० चैत्र २४ गते शनिबार

    केयरगिभरमा इजरायल जान करार सम्झौता

    काठमाडौं । सरकारले इजरायलमा सहायक श्रमिकका रूपमा  केयरगिभरमा  जान  स्वास्थ्य  परीक्षण  गरेका ४२५ युवामध्ये २१ जनाको करार सम्झौता भएको छ । वैदेशिक रोजगार विभागका अनुसार इजरायलमा  केयरगिभरका  लागि  रोजगारदाताले  श्रम  सम्झौता  गर्न  थालेपछि  नेपाली  युवा  जान  पाएका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पटक पटकको आग्रहपछि इजरायल सरकारले  केयरगिभरमा  छनोट  भएका  युवालाई  इजरायलमा रोजगारी दिने भएपछि जान थालेका छन् । 

    यसअघि लट्रीमा नपरेका अहिले पुुनः छनोट गरेर ४२५ युुवालाई अहिले लैजान सुरु गरेको हो । इजरायलमा  सहायक  श्रमिकका  रूपमा  विभिन्न  वृद्धाश्रममा  काम  गर्न  जान  छनोटमा  परेकाहरू युद्धका कारण एक वर्षसम्म जान पाएका थिएनन् । अहिले केयरगिभर आवश्यक परेकाले इजरायले श्रम सम्झौता गर्न थालेको छ । हालसम्म पटक पटक गरेर २१ नेपालीले रोजगारदातासँग श्रम सम्झौता गरिसकेको विभागका निर्देशक कविराज उप्रेतीले जानकारी दिए । 

    विभागका अनुसार पुुनः छनोट भएर स्वास्थ्य परीक्षण गरिसकेका ४२५ जनामध्ये तीन हप्ताभित्र २५२ जना युवाको श्रम सम्झौता गर्ने गरी इजरायलका रोजगारदाता कम्पनीले काम गरेका छन् । दुुई वर्षदेखि इजरायलले अन्य देशको तुलनामा नेपाली युवालाई छनोट गर्ने प्रवृत्ति बढेपछि धेरै युवाको सपना इजरायल हुन थालेको छ । यसअघि एक हजार १०५ जना इजरायल गइसकेका छन् । 

    इजरायलस्थित नेपाली दूतावासले  युद्धअघि  तत्कालका  लागि  ५००  माग  र थप ५०० लागि छलफल छलफल गर्ने जनाएको थियो । यसअघि नै पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिवा)  सँगको  छलफलमा  नेपालबाट  एक  हजार  केयरगिभर लैजानेबारे अनौपचारिक छलफल भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । तर तेस्रो चरणमा माग गर्ने भनिएको ५०० जनाका बारेमा भने थप छलफल गरेपछि मात्र कोटा तय हुने दूतावासले जनाएको  छ  ।  

    घरायसी  केयरगिभरको  तुलनामा  जिटुजीमार्फत  जाने  केयरगिभर  सस्तो  भएका  कारण  त्यहाँका  केयरगिभर  सेन्टरले  पछिल्लो  समय सरकारी माध्यममार्पmत नै नेपाली युवा माग गर्दै आएका छन् । सन् २००९ सम्म म्यानपावर कम्पनीबाट नै श्रमिक इजरायल रोजगारीमा जाने गरेको भए पनिम्यानपावर कम्पनीले श्रमिकबाट चर्को सेवा शुल्क असुलेपछि इजरायलले नेपालबाट श्रमिक लैजान बन्द गरेको थियो । तीन वर्षअघि जिटुजीमार्फत नै केयरगिभर लैजाने गरी श्रम सम्झौता गरिएको थियो । 

    नेपाल र इजरायलबिच २०७७ असोज १४ गते इजरायलको श्रम बजारमा नेपाली श्रमिकको रोजगारीसम्बन्धी  सम्झौतामा  हस्ताक्षर  भएको  थियो  ।  त्यही  सम्झौतालाई  कार्यान्वयन  गर्नका  लागि २०७७ माघमा दुई देशबिच इम्प्लिमेन्टेसन प्रोटोकलमा हस्ताक्षर भएको थियो । 

     


    images

    Logo