काठमाडौं । प्रभु बैंकले साधारणसभा बोलाएको छ । बैंक सञ्चालक समितिको बैठकले आउँदो वैशाख २० गते काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा विहान १० बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०७९।८० को सञ्चालक समितिको प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदनसहितको उक्त आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका अनुसूचीहरु पारित गरिर्नेछ। चालु आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल र प्रभु स्टक मार्केटको उक्त आर्थिक वर्षको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ। सभाले सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्नेछ।
वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले वैशाख ४ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब वैशाख ४ गते अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको वार्षिक साधारणसभामा सहभागी लिन पाउँछन्।


