काठमाडौं । इमर्जिङ्ग नेपालले लाभांश घोषणा गरेको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकले हाल कायम चुक्ता पूँजीको ५.२६३१ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि समेत वितरण गर्ने घोषणा गरेको छ । सो लाभांश नेपाल सरकार अर्थमन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिने छ ।