images
images

प्रभु इस्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 362
    SHARES
  • २०८० चैत्र २९ गते बिहीबार

    प्रभु इस्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । प्रभु इस्योरेन्सले साधारासभा बोलाएको छ । इन्स्योरेन्सले बैशाख २० गते, बिहीबार, आफ्नो केन्द्रिय कार्यालय, प्रभु कम्प्लेक्स, तिनकुने, काठमाडौँमा बिहान १० बजे बस्नेगरि सभा बोलाएको छ । 

    सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

    त्यसैगरी, सभाले चुक्ता पूँजी १ अर्ब ५० करोड पुर्याउन हकप्रद शेयर निष्काशन गर्ने वा अन्य विकल्प भए सोही बमोजिम कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिको संरचना परिवर्तन गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालक निर्वाचन गर्ने लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले बैशाख ७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार बैशाख ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

     


    images

    Logo