images
images

सूर्यज्योति लाइफ इन्स्योरेन्सले बाेलायाे साधारण सभा, बुकक्लोज कहिले ?


  • 442
    SHARES
  • २०८१ बैशाख २ गते आइतबार

    सूर्यज्योति लाइफ इन्स्योरेन्सले बाेलायाे साधारण सभा, बुकक्लोज कहिले ?

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले बैशाख २१ गते, होटल हैरिसन प्यालेस, विराटनगर बिहान १० बजे बस्नेगरि सभा बोलाएको हो । 

    सभाले हाल कायम चुक्ता पूँजीको १०.२६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित २४.७४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

    त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक नियुक्त गर्न लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बैशाख ७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार बैशाख ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

     


    images
    images

    Logo