images
images

सिईडिबि हाइड्रोपावरले गर्यो लाभांश घोषणा, साधारणसभा पनि आह्वान


  • 415
    SHARES
  • २०८१ बैशाख ११ गते मंगलबार

    सिईडिबि हाइड्रोपावरले गर्यो लाभांश घोषणा, साधारणसभा पनि आह्वान

    काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख १० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

    जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ११ प्रतिशत बोनस शेयर र कर पयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश गरि कुल ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

    कम्पनीले लाभांश प्रस्तावसहित आर्थिक वर्ष २०७७÷७८ र आर्थिक वर्ष २०७८÷७९ को साधारण सभा बोलाएको छ। कम्पनीले बैशाख ३१ गते, सोमबार, नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा बिहान ८ बजे बस्नेगरि सभा बोलाएको छ । 

    त्यसैगरी, समाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बैशाख १९ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार बैशाख १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउनका साथै कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

     


    images
    images

    Logo