काठमाडौं । साँझ र बिहान पसल खोल्न दिँदा भिडभाड बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले बेलुकीको समयमा पसल खोल्न नदिने निर्णग गरेको छ । लकडाउन कडा बनाउदा पनि भिडभाड नरोकिएपछि प्रशासनले यस्तो निर्णय गरेको हो ।
बुधबारदेखि लागु हुनेगरी प्रशासनले एक साता लकडाउनको अवधि लम्ब्याएको छ । मन्त्रिपरिषदले दिएको अधिकार प्रयोग गर्दै काठमाडौंका तीनवटै प्रशासन कार्यालयको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
अब बिहान ७ बजेदेखि ९ बजेसम्म मात्रै पसल खोल्न पाइन्छ । तर, थोरै समय पसल खोल्दा भीडभाड कसरी कम हुन्छ ? त्यसबारे भने प्रशासनले केही बताएको छैन ।