images
images

रुरु जलविद्युतको आईपीओ : ४४ आवेदकमध्ये एक जनाले पाउने


  • 400
    SHARES
  • २०७७ चैत्र २४ गते मंगलबार

    रुरु जलविद्युतको आईपीओ : ४४ आवेदकमध्ये एक जनाले पाउने

    काठमाडौं । ४० हजार जनालाई बाँड्न मिल्ने रुरु जलविद्युत् कम्पनीको शेयरमा साढे १६ लाख आवेदन परेको छ । गत शुक्रबारदेखि खुलेको उक्त शेयर मंगलबार बन्द हुँदासम्म कुल आवेदक संख्या ६ लाख ६९ हजार ५६६ जना पुगेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।  

    सो कम्पनीले सर्वसाधारणका लागि कुल ४ लाख ७ हजार ७०६  कित्तामध्ये ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारीहरूलाई र २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो । सर्वसाधारणका लागि छुट्याइएको उक्त शेयरले ३७ हजार ९ सय १६ जनालाई १० कित्ताको दरले शेयर बाँडफाँट गर्न मिल्छ । यो हिसाबले ४४ जना आवेदकमध्ये एकजनाले मात्रै सो शेयर पाउने अवस्था छ । 

    यो शेयरका लागि कुल दुई करोड ३३ लाख ७७ हजार २२० कित्ता आवेदन परेको छ। प्रिमियम मूल्यमा जारी भएको यो शेयर प्रतिकित्ता रु १ सय २० रुपैयाँमा बिक्री गरिएको थियो ।


    images

    Logo