images
images

आइएमई लाइफले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?


  • 455
    SHARES
  • २०८१ बैशाख २० गते बिहीबार

    आइएमई लाइफले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैशाख १९ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ। सोमध्ये २५ प्रतिशत बोनस शेयर रहेको छ भने ९.५० प्रतिशत (कर प्रयोजनार्थ सहित) नगद लाभांश रहेको छ। 

    नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

     


    images

    Logo