काठमाडौं । आइएमई लाइफ इस्योरेन्सले लाभांश संशोधन गरेको छ । शुक्रबार बसेको स१चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले लांभांश संशोधन पछि चुक्ता पुँजीको कुल २६.१३५८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । सोमध्यमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश रहेको छ।
यसअघि भने इन्स्योरेन्सले २५ प्रतिशत बोनस शेयर र करसहित ९.५० प्रतिशत नगद गरी कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
इन्स्योरेन्सले प्रस्तावित बोनस शेयरलाई यथावत राख्दै नगद लाभांश घटाएको हो। इन्स्योरेन्स नियामक नेपाल बीमा प्राधिकरणले हाललाई कर प्रयोजन बाहेक अन्य कुनै पनि नगद लाभांश वितरण नगर्न निर्देशन दिएपछि लाभांश संशोधन गरिएको इन्स्योरेन्सले बताएको छ।
उक्त प्रस्तावित लाभांश नियामक नेपाल बीमा प्राधिकरण र इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।


