images
images

विकास बैंक संघको नेतृत्व परिवर्तन, यस्तो बन्यो नयाँ टीम


  • 534
    SHARES
  • २०७७ चैत्र २४ गते मंगलबार

    विकास बैंक संघको नेतृत्व परिवर्तन, यस्तो बन्यो नयाँ टीम

    काठमाडौं। विकास बैंकका प्रमुख कार्यकारी अधिकृतको संस्था डभलपमेन्ट बैंकर्स एशोसिएसन अफ नेपाल (डिबान) मा नयाँ नेतृत्व आएको छ । मंगलबार बसेको संघको पन्ध्रौं वार्षिक साधारणसभाले सर्वसम्मत रुपमा आगामी २ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । 

    एशोसिएसनको नयाँ अध्यक्षमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल चुनिएका छन् । त्यस्तै, उपाध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका सीईओ सुयोग श्रेष्ठ, सचिवमा महालक्ष्मी बिकास बैंकका सीईओ बोधराज देवकोटा र कोषाध्यक्षमा कामना सेवा विकास बैंकका सीईओ प्रवीण बस्नेत चयन भएका छन्। 

    यस्तै, लुम्बिनी विकास बैंकका नरेश सिंह बोहरा, साइन रेसुंगा डेभलपमेण्ट बैंकका प्रकाश पौडेल, ज्योति विकास बैंकका श्रीचन्द्र भट्ट, सप्तकोशी डेभलपमेण्ट बैंकका नविन सुवेदी र ग्रीन डेभलपमेण्ट बैंकका उमेश कुमार आचार्य कार्यसमिति सदस्यमा चयन भएका छन् । 

    सो साधारणसभा चितवनमा सम्पन्न भएको हो । नवनियुक्त कार्य समितिका पदाधिकारीहरुले सपथ ग्रहण गरी कार्यभार समेत सम्हालेका छन्। कार्यक्रममा एशोसिएसनका निवर्तमान अध्यक्ष गोविन्दप्रसाद ढकालले अघिल्लो आर्थिक वर्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै, साधारणसभामा लेखापरीक्षण प्रतिवेदन,  चालस वर्षको अनुमानित आयव्यय र लेखापरीक्षक नियुक्तिलगायतका प्रस्तावबारे छलफल भएको थियो । सबै प्रस्तावहरु साधारणसभाको सर्वसम्मत निर्णयबाट पारित भएको एशोसिएसनले जनाएको छ । 

    डिवानको कार्यसमितिको कार्यकाल २ वर्षको रहने व्यवस्था छ । अघिल्लो कार्यसमितिले २ वर्षको अवधि पूरा गरेपछि अहिले नेतृत्व फेरिएको हो । 


    images

    Logo