images
images

नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा आज हुँदै, के–के छ एजेण्डाहरु ?


  • 463
    SHARES
  • २०८१ जेठ १७ गते बिहीबार

    नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा आज हुँदै, के–के छ एजेण्डाहरु ?

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको साधारणसभा आज हुँदैछ । कम्पनीले नवौँ वार्षिक साधारण सभा अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतली, काठमाडौँमा बिहान साढे ९ बजे शुरु हुनेछ।

    सभाले हाल कायम चुक्ता पूँजीका ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

    त्यसैगरी, सभाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका खर्चलाई अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, नेपाल सरकारबाहेक संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न एक जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ ६ गते आइतबार बुकक्लोज गरेको थियो। यस अनुसार जेठ ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


    images

    Logo