images
images

निर्धन उत्थानको रिपोर्टमा उत्साह, ३ महिनामै कमायो ६६ करोड


  • 1.1K
    SHARES
  • २०७८ बैशाख २३ गते बिहीबार

    निर्धन उत्थानको रिपोर्टमा उत्साह, ३ महिनामै कमायो ६६ करोड

    काठमाडौं । निर्धन उत्थान लघुवित्तले ३ महिनामै ६६ करोड रुपैयाँ कमाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ७१ लाख रुपैयाँमा नाफा सीमित भएको लघुवित्तले पछिल्लो त्रैमासमा ७१ करोड ४८ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । तीन महिनामा निर्धनले ६५ करोड ७६ लाख ७० हजार रुपैयाँ नाफा वृद्धि गरेको हो । 

    निर्धनले यो अवधिमा निष्क्रिय कर्जाको मात्रा घटाउँदा नाफामा उत्साहजनक वृद्धि गर्न सफल भएको हो । पुस मसान्तमा सम्बाभित खराब कर्जाका लागि १ अर्ब २५ करोड रुपैयाँ प्रोभिजनिङ गरेकोमा यस्तो रकम चैत मसान्तमा आइपुग्दा ७४ करोड रुपैयाँमा झरेको छ । प्रोभिनिङको रकम घट्दा लघुवित्तको नाफाको रकममा वृद्धि भएको हो । 

    बैंकले अघिल्लो त्रैमाससम्म १५.१९ प्रतिशत रहेको निष्क्रिय कर्जालाई घटाएर ५.८९ प्रतिशतमा झारेको छ । यद्यपि अघिल्लो वर्षको तुलनामा यो निष्क्रिय कर्जा अझै बढी हो । 

    लघुवित्तले कमाएको यो नाफा प्रतिशेयर वार्षिक ५६ रुपैयाँ २३ पैसा हुन आउँछ । सो कम्पनीसँग हाल १ अर्ब ६९ करोड बराबरको चुक्ता पुँजी रहेको छ । 


    images

    Logo