images
images

एक्सेल डेभलपमेन्ट बैंकले यस वर्ष पनि लाभांश नगर्ने


  • 317
    SHARES
  • २०८१ जेठ २५ गते शुक्रबार

    एक्सेल डेभलपमेन्ट बैंकले यस वर्ष पनि लाभांश नगर्ने

    काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश नदिने भएको छ । विहीबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ ।  आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृत गर्ने प्रयोजनका लागि राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय पनि बैठकले गरेको  छ।

    राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभाको बाटो खुल्ने छ । यस्तै,  कम्पनीले अघिल्लो आर्थिक वर्षमा पनि लाभांश वितरण गरेको थिएन । 


    images

    Logo