काठमाडौं । नाडेप लघुवित्तको नाफा १५४ गुणाले बढेको छ । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ लाख ३३ हजार रुपैयाँमा सीमित सो लघुवित्तको नाफा यो वर्षको सोही समयमा बढेर ११ करोड ३७ लाख ६० हजार रुवैयाँ पुगेको हो ।
४० करोड रुपैयाँ चुक्ता पुँजी भएको सो लघुवित्तको यो नाफा वार्षिक आधारमा प्रतिशेयर ३७.४७ रुपैयाँ हो ।
लघुवित्तको ब्याज आम्दानी बढेका कारण नाफामा वृद्धि भएको हो । सो लघुवित्तले अघिल्लो वर्षको तुलनामा ब्याज आम्दानीमा झन्डै दोब्बर वृद्धि गरेर ३६ करोड रुपैयाँ पुर्याएको छ । नाडेपले यो अवधिमा निष्क्रिय कर्जालाई केही घटाएको छ ।