images
images

ग्रामीण विकास लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?


  • 368
    SHARES
  • २०८१ जेठ २७ गते आइतबार

    ग्रामीण विकास लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाडौं । ग्रामीण विकास लघुवित्तले साधारण सभा बोलाएको छ । लघुवित्तले असार १५ गते, शनिबार, आफ्नो प्रधान कार्यालय, बुटवलमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । 

    सभाले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनस सम्बन्धि कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

    साधारण सभा प्रयोजनार्थ लघुवित्तले असार ३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असार २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

     

     


    images

    Logo