images
images

रिभर फन बिच रिसोर्टमा जिपलाइन र स्काइ साइक्लिङ बन्दै, डिसेम्बरभित्र सञ्चालनमा आउने


  • 603
    SHARES
  • २०७८ आश्विन २ गते शनिबार

    रिभर फन बिच रिसोर्टमा जिपलाइन र स्काइ साइक्लिङ बन्दै, डिसेम्बरभित्र सञ्चालनमा आउने

    काठमाडौं । ९ वर्षदेखि रिसोर्ट र र्याफ्टिङ व्यवसायमा लोकप्रिय कम्पनी रिभर फन बिच रिसोर्ट प्रालिले पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टारमा रहेको आफ्नै रिसोर्टसम्म पुग्ने गरि निर्माण गरिरहेको जिपलाइनको सत्तरी प्रतिशत काम सम्पन्न भएको छ ।

    '५ सय मिटर लामो बन्ने  जिपलाइनको ४ सय मिटर भाग त्रिशुली नदी माथि पर्ने कारण झनै सहासिक र रोमान्चक हुनेछ।’ रिभर फन बिच रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक शंकर अधिकारी थप्छन्, ‘अधिकांश भाग नदी माथि पर्ने यो जिपलाइन विश्वकै नमुना हुनेछ ।’
     
    १८ मिटर अग्लो पाँच तले टावरको चौथो तलाबाट जिपलाइन सुरु हुने जिपलाइन युरोपियन स्ट्यान्डर्ड सहित भारती कम्पनीको प्राविधिक सहयोगमा निर्माण भइरहेको अधिकारी बताउँछन् ।

    जिएल एयरक्राफ्ट रोप प्रयोग गरिने जिपलाइनमा दुई समानान्तर रोप रहने भएकोले दुई जना एकैपटक एक अर्कालाई हेर्दै खेल्न मिल्ने अधिकारीले जानकारी दिए ।

    ८५ मिटर स्काइ रोप साइक्लिङ समेत त्रिशुली नदि माथी निर्माण भैरहेको परियोजना डिजाइनर मुकेश अधिकरी सिभिल इन्जिनियरले जानकारी दिए ।

    मिनी जिपलाइन, पिङ, रोप कोर्ष लगायतका गतिविधि सहितको किड्स एड्भेन्चर पार्क निर्माणाधीन रहेको बताइएको छ । जिपलाइनका लागि बनाइएको टावरको ३ वटा तल्लामा 'रिभर फन क्याफे’ सञ्चालन गर्ने तयारी रहेको छ ।

    कफि बार, कक्टेल, मक्टेल, क्रन्ची लगायत सामान्यतया राजमार्गका क्याफेमा नपाइने आइटमसहित क्याफे सञ्चालन गरिने बताइएको छ ।


    images
    images

    Logo