images
images

विजय लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?


  • 367
    SHARES
  • २०८१ आषाढ ९ गते आइतबार

    विजय लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाडौं । विजय लघुवित्तले साधारण सभा बोलाएको छ । लघुवित्तले असार ३० गते, आइतबार, धुलिखेल लज रिसोर्ट, धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । 

    सभाले एफपीओ निष्काशन गर्ने, सो सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

    त्यस्तै, सभाले सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट ४ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने जस्ता सामान्य प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारण सभा प्रयोजनार्थ लघुवित्तले असार १७ गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार असार १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।


    images

    Logo