images
images

निर्माण व्यवसायीको प्रस्ताव : ‘कन्ट्रक्सन होलिडे’ तत्काल घोषणा गरौं 

'निषेधाज्ञाभरि कर र बैंकको ऋण तिर्न सकिन्न'


  • 940
    SHARES
  • २०७८ बैशाख २३ गते बिहीबार

    निर्माण व्यवसायीको प्रस्ताव : ‘कन्ट्रक्सन होलिडे’ तत्काल घोषणा गरौं 

    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले अहिले सरकारले तोकेको मापदण्डमा निर्माण कार्यलाई निरन्तरता दिन नसक्ने प्रष्ट पारेको छ । राजधानीसहित देशका विभिन्न जिल्लामा जारी निषेधाज्ञा जारी भएको अवस्थामा निर्माण कार्य सञ्चालन गर्न अत्यन्त कठिन भएको महासंघले जनाएको हो । 
    महासंघले विशुद्ध निर्माण सामग्री ढुवानी बोबेका सवारीलाई ठाउँ ठाउँ रोकिएको र आवश्यक पास समेत उपलब्ध नगराइएको आरोप लगाएको छ । त्यस्तै,  उद्योग खुले पनि डिलर र वितरक बन्द रहेका कारण आयोजनामा निर्माण सामग्रीको अभाव विकराल बन्दै गइरहेको समेत जनाएको छ । 

    निषेधाज्ञाकै फाइदा उठाउँदै निर्माण सामाग्रीमा चर्को मूल्यवृद्धि भएकोतर्फ पनि महासंघले ध्यानाकर्षण भएको जनाएको छ । त्यस्तै, कोभिडका कारण श्रमिकहरु काम गर्न डराउने स्थिति भएको भन्दै निर्माणसम्बन्धी आयोजनाहरु निरन्तर रुपमा अघि बढ्नसक्ने अवस्था नभएको महासंघले प्रष्ट पारेको छ । 

    अहिलेको अवस्थामा श्रमिकलाई काममा लगाउँदा कोही कसैलाई संक्रमण भएमा वा संक्रमणका कारण मृत्यु भएमा के गर्ने भन्ने अन्यौलता रहेको अवस्थामा निर्माण व्यवसायीले आयोजना सुचारु गर्न सम्भव नभएको महासंको जिकिर छ । 

    यी सबै कारणले निषेधाज्ञाको अवधिलाई कन्स्ट्रक्सन होलिडेको रुपमा गणना गरी सो अवधि बराबरको म्याद थप गर्नुपर्ने माग सरकारसँग राखेको छ । त्यस्तै, विद्यमान समयमा कर बुझाउन र बैंकको ऋण तिर्न समेत सम्भव नभएको भन्दै यसको न्यायोचित व्यवस्था गर्न समेत आग गरेको छ । 


    images

    Logo