काठमाडौं । ९ वटा निर्माण कम्पनीहरु कालोसूचीमा परेका छन् । सम्बन्धित सार्वजनिक निकायको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीहरुलाई १ खेखि ३ वर्षको लागि कालोसूचीमा राखिएको हो ।
कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीहरुलाई कालोसूचीमा राख्ने निर्णय गरेको जनाएको हो । यसरी कालोसूचीमा पर्ने निर्माण कम्पनीहरुमा शिवराम कन्स्ट्रक्सन दोलखा, कौशिकी इन्फोसिस इन्टरनेशनल काठमाडौं, सिनोस्टिल इक्विपमेन्ट एण्ड इन्जिनियरिङ र सान्दोङ झावइ स्टील टावर कम्पनी चीन, श्यामबाबु एण्ड ओम मित्र जेभी ललितपुर, कार्की सप्लार्यस, बराह गोबरग्यास तथा नवीकरणीय उर्जा काठमाडौं, बेलका कन्स्ट्रक्सन इलाम र राम्चे सिद्ध निर्माण सेवा उदयपुर छन् ।
शिबराम कन्ट्रक्सनलाई ३ वर्ष, राम्चे सिद्ध निर्माण सेवा २ वर्ष र बाँकी ७ कम्पनीलाई १ वर्षको लागि कालोसूचीमा राखिएको हो । यो अवधिसम्म ती कम्पनीहरु कुनै पनि सार्वजनिक खरिदसम्बन्धी क्रियाकलापहरुमा सहभागी हुन पाउने छैनन् ।


