images
images

लक्ष्मी उन्नति कोष र भ्यालु फन्ड–२ को लाभांश घोषणा


  • 351
    SHARES
  • २०८१ श्रावण १५ गते मंगलबार

    लक्ष्मी उन्नति कोष र भ्यालु फन्ड–२ को लाभांश घोषणा

    काठमाडौं । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फन्ड–२ को लाभांश घोषणा गरिएको छ।

    कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंक र योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल रहेका यी दुवै म्युचुअल फन्डको आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरिएको हो।

    योजना व्यवस्थापकको बैठकले लक्ष्मी उन्नति कोषका इकाइधनीहरुलाई करसहित ७.५ प्रतिशत र लक्ष्मी भ्यालु फन्ड–२ का इकाइधनीहरुलाई करसहित ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।


    images

    Logo