images
images

शुभ लक्ष्मी कोषको ७.५ प्रतिशत प्रतिफल घोषणा


  • 375
    SHARES
  • २०८१ श्रावण १५ गते मंगलबार

    शुभ लक्ष्मी कोषको ७.५ प्रतिशत प्रतिफल घोषणा

    काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखी योजना, शुभ लक्ष्मी कोषले गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।

    कोषले ७.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। साउन १४ गते बसेको कोषको योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    लाभांश वितरण प्रयोजनार्थ कोषले साउन १५ गते अर्थात आज नै बुकक्लोज गर्ने भएको छ। यस अनुसार हिजो अर्थात साउन १४ गतेसम्म कायम रहेका इकाईधनीहरुले, कोषले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

    यो एक खुलामुखी योजना भएकोले इकाईधनीहरुले आफुले प्राप्त गर्ने लाभांश बराबरको रकमबाट सो लाभांश वितरणपश्चात समायोजित मूल्यमा लाभांश पुनः लगानी योजना मार्फत थप इकाईहरु पनि खरिद गर्न सक्नेछन्। पुनः लगानी गर्न इच्छुक इकाईधनीहरुले साउन २१ गतेसम्म आफ्नो नाम दर्ता गर्नुपर्ने क्यापिटलले बताएको छ।


    images

    Logo