images
images

एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले गर्यो प्रतिफल घोषणा


  • 405
    SHARES
  • २०८१ श्रावण १७ गते बिहीबार

    एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले गर्यो प्रतिफल घोषणा

    काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखी योजना, एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।

    फण्डले करसहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। साउन १७ गते बसेको फण्डको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    लाभांश वितरण प्रयोजनार्थ फण्डले साउन १७ गते अर्थात आज नै बुकक्लोज गर्ने भएको छ। यस अनुसार हिजो अर्थात साउन १६ गतेसम्म कायम रहेका इकाईधनीहरुले, फण्डले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

    यो एक खुलामुखी योजना भएकोले इकाईधनीहरुले आफुले प्राप्त गर्ने लाभांश बराबरको रकमबाट सो लाभांश वितरणपश्चात समायोजित मूल्यमा लाभांश पुन: लगानी योजना मार्फत थप इकाईहरु पनि खरिद गर्न सक्नेछन् । पुनः लगानी गर्न इच्छुक इकाईधनीहरुले साउन ३२ गतेसम्म आफ्नो नाम दर्ता गर्नुपर्ने क्यापिटलले बताएको छ ।


    images

    Logo