images
images

एनआईसी एशिया म्युचुअल फण्डका ४ वटा योजनाहरुको लाभांश घोषणा


  • 343
    SHARES
  • २०८१ श्रावण १७ गते बिहीबार

    एनआईसी एशिया म्युचुअल फण्डका ४ वटा योजनाहरुको लाभांश घोषणा

    काठमाडौं । एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित चार योजनाहरुले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

    एनआईसी एशिया क्यापिटलको साउन १६ गते सम्पन्न संचालक समितिको बैठकले एनआईसी एशिया सेलेक्ट ३०, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड फण्ड लाभांश घोषणा गरेको हो ।

    एनआईसी एशिया सेलेक्ट ३० ले करसहित इकाईधनीहरुलाई १४ प्रतिशत, एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले करसहित इकाईधनीहरुलाई १०.५० प्रतिशत र एनआईसी एशिया ग्रोथ फण्डले करसहित इकाईधनीहरुलाई ९.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

    त्यस्तै, एनआईसी एशिया ब्यालेन्स्ड फण्डले करसहित इकाईधनीहरुलाई ९.२५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।यी फण्डहरुको कोष प्रबर्द्धक एनआईसी एशिया बैंक लिमिटेड रहेको छ।


    images

    Logo