काठमाडौं । प्रवासी नेपाली एकता मञ्च युरोपले नेपालमा कोभिड महामारीविरुद्ध लड्न रु ५० लाखको ‘कोभिड–१९ च्यालेन्ज फन्ड खडा गर्ने घोषणा गरेको छ ।
कोभिड च्यालेन्ज फन्डबाट नेपालमा अक्सिजन कन्सेन्ट्रटर मेशिन खरीद गर्ने, स्वास्थ्यकर्मीको सम्मानमा फलफूल तथा खाना वितरण गर्ने र कोभिड–१९ सम्बन्धी जनचेतना अभिवृद्धिमा लगानी गर्ने घोषणा गरेको छ ।
प्रवासी नेपाली एकता मञ्च अन्तरराष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङको संयोजनमा सम्पन्न भएको भेलामा युरोपका विभिन्न देशका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव तथा अगुवा नेताको उपस्थिति रहेको थियो ।
प्रवासी नेपाली एकता मञ्च अन्तरराष्ट्रिय कमिटीले गत मङ्गलबार पनि एक कार्यक्रम आयोजना गरी नेपालमा बढ्दै गएको कोरोना रोकथामका लागि प्रवासबाट स्वास्थ सामग्री पठाउने निर्णय गरेको थियो ।
उक्त सामग्री खरीद प्रक्रिया र कोष खडा गर्ने काम सँगसँगै अघि बढाइने अन्तरराष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङले जानकारी दिए ।


