सर्लाही । नेपाल भारत सीमा नाका नजीकका पसलमा दैनिक ठूलो सङ्ख्यामा मादक पदार्थ सेवन गर्न मानिसहरु आउने गरेका छन् ।
सर्लाहीमा भारतसँग सीमा जोडिएको ५१ किलोमिटर सीमा क्षेत्र रहेको छ । सबैजसो सीमावर्ती क्षेत्रमा मदिरा पसल भने पहिलेकै अवस्थामा सञ्चालन भइरहेका छन् ।
दैनिक रुपमा मादक पदार्थ सेवन गर्न मानिसहरु नेपालतर्फ आउने गरेको भन्ने गुनासोका आधारमा पछिल्लो समय सीमा क्षेत्रमा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताए ।
भारतको विहार राज्यमा मदिरा बिक्री वितरणमा रोक लागेपछि भारतीय नागरिक मदिरा पिउन नेपाली बजारमा आउने गर्दछन् ।
हाल भारतमा दैनिक ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित थपिरहेको जोखिमपूर्ण अवस्थामा यसरी मदिरा सेवन गर्न मानिसहरु नेपालतर्फ आउनाले यसको जोखिम नेपालमा झन् बढेको छ ।


