images
images

निधेषाज्ञाले हिन्दू धर्म संस्कारअनुसार गरिने सांस्कारिक कर्म प्रभावित


  • 1.1K
    SHARES
  • २०७८ बैशाख २४ गते शुक्रबार

    निधेषाज्ञाले हिन्दू धर्म संस्कारअनुसार गरिने सांस्कारिक कर्म प्रभावित

    काठमाडौं । कोभिड –१९ का कारण जारी निधेषाज्ञाले हिन्दू धर्म संस्कारअनुसार गरिने सांस्कारिक कर्म प्रभावित बनेको छ । 

    स्वास्थ्य सतर्कतासहित कर्म गर्ने वातावरण मिलाइदिन संस्कृति युवा मञ्च नेपालले प्रशासनसमक्ष आग्रह गरेको छ । 

    मञ्चका अध्यक्ष हरिशरण पौडेलले हिन्दू धर्मसंस्कारअनुसार जन्मदेखि मृत्युपर्यन्त गरिने १६ संस्कारका लागि ब्राह्मण, पुरोहितको आवश्यकता हुने भएकाले स्वास्थ्य सतर्कतासहित  कर्म गर्ने  सहज वातावरण मिलाइदिन प्रशासनसमक्ष ज्ञापनपत्र बुझाइएको बताए । 

    पत्रकार स्वास्थ्यकर्मीलगायत अन्यले जसरी स्वास्थ्य सतर्कतासहित आफ्नो कर्म गरेका छन्, त्यसरी नै ब्राह्मणहरुले पनि आफ्नो सांस्कारिक कर्म गर्न पाउनुपर्छ भन्ने हाम्रो माग हो ।

    उनले यस्तै कारणले धर्मसंस्कार र संस्कृतिलाई बेवास्ता गर्दै गए सबै लोप हुँदै जाने भन्दै चिन्तासमेत व्यक्त गरे । 



    images

    Logo