images
images

भैँसी चराउन जाँदा बाघको आक्रमण


  • 468
    SHARES
  • २०७८ बैशाख २५ गते शनिबार

    भैँसी चराउन जाँदा बाघको आक्रमण

    चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा राप्ती नगरपालिका–६ का ३३ वर्षीय उमेश राई रहेका छन् ।

    उनलाई बाघले यही वैशाख २४ गते भैँसी चराउने क्रममा प्यारीढाप भन्ने स्थानमा आक्रमण गरेको थियो । 

    आक्रमणबाट घाइते भएका राईलाई राति १०ः२५ बजे पुरानो मेडिकल कलेजमा ल्याई उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते राईको अवस्था मध्यम रहेको छ ।


    images

    Logo