काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाका आयोजना प्रमुख त्रिनेश खत्री सरुवा भएका छन् । खत्रीलाई मेलम्ची आयोजनाबाट खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशक बनाएर सरुवा गरिएको छ । खानेपानीमन्त्री मणिचन्द्र थापाको निर्णयले खत्रीलाइ विभागमा सरुवा गरेको हो । एउटै मन्त्रालय अन्तर्गतका निकाय भएकोले मन्त्रिस्तरीय निर्णयबाट उनी सरुवा भएका हुन् ।
उनी २०७६ भदौमा मेलम्ची खानेपानी आयोजनाका आयोजना प्रमुख बनेका थिए । करिब २० महिनापछि उनलाई सरुवा गरिएको हो । मेलम्चीको नयाँ आयोजना प्रमुखको रुपमा सहसचिव राम कुमार श्रेष्ठलाई पठाइएको छ ।