काठमाडौं । अरनिको यातायातले अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैंलाई लक्षित गर्दै अरनिको यातायातले भदौ २० गतेदेखि टिकट बुकिङ खुला गरेको हो ।
सार्वजनिक यातायात केन्द्रीय महासंघका अनुसार सोमबारसम्म २० प्रतिशत टिकट बुकिङ भइसकेको छ ।
अरनिको यातायातका गाडी बागमती प्रदेशका सबै जिल्ला, कोशी प्रदेशका भोजपुर, खोटाङ, झापा, इलाम, पाँचथर तेह्रथुम र पश्चिमतर्फ रुकुम, रोल्पा, बागलुङ लगायत जिल्लामा चल्छन् ।
पृथ्वी राजमार्ग यातायताले भने दशैंका लागि भोलिबाट अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ । भोलि बिहान ८ बजेबाट टिकट बुकिङ खुला गर्ने महासंघले जनाएको छ ।
यसअघिका वर्षहरूमा सार्वजनिक गाडीहरू समितिबाट चल्ने हुँदा अग्रिम टिकट बुकिङ खुला गर्न सरकारको मुख ताक्नुपर्ने अवस्था थियो । अहिले कम्पनी मोडलमा गइसकेकाले आफ्नो हिसाबले अग्रिम टिकट बुकिङ खुला गर्न थालेका छन् ।


