काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा लार्ज क्याप फण्डको प्रतिफल वितरण स्थगित भएको छ। भदौ २५ गते प्राप्त भएको नेपाल धितोपत्र बोर्डको पत्रपश्चात प्रतिफल वितरण कार्य स्थगित भएको हो।
फण्डले इकाईधनीहरुलाई करसहित १० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो। प्रतिफल वितरण प्रयोजनार्थ फण्डले आज (भदौ २६ गते) बुकक्लोज गर्ने निर्णय गरेको थियो।
तर, बोर्डको निर्देशन बमोजिम हाललाई प्रतिफल वितरण कार्य स्थगित गरिएको फण्डको योजना व्यवस्थापक सानिमा क्यापिटलले जनाएको छ ।