काठमाडौं । पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभा सांसद महेश बस्नेतको कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको पीसीआर परीक्षणका क्रममा बस्नेतमा कोरोना पोजेटिभ देखिएको हो ।
बस्नेतले भ्याक्सिनको दुवै डोज पूरा गरिसकेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य छ भने लक्षण पनि केही देखिएको छैन । तर, सांसदहरुको नियमित पीसीआर परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो ।
उनको सीटी भ्यालु अहिले ३६ देखिएको छ । ४० भन्दा माथि सीटी भ्यालु भएपछि कोरोना निको भएको मानिन्छ ।