images
images

हाथवे इन्भेस्टमेन्टको लाभांश घोषणा


  • 412
    SHARES
  • २०८१ भाद्र २८ गते शुक्रबार

    हाथवे इन्भेस्टमेन्टको लाभांश घोषणा

    काठमाडौं । हाथवे इन्भेस्टमेन्ट नेपालले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब २८ करोड ७० लाख रुपैयाँको कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    घोषित लाभांशमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश छन् । यो लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि शेयरधनीहरुले पाउने कम्पनीले जनाएको छ ।


    images

    Logo