काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना विरुद्धको लडाइँ नियन्त्रणमै रहेको दाबी गरेका छन् । सीएनएन इन्टरनेशनललाई प्रत्यक्ष अन्तवार्ता दिँदै ओलीले यस्तो बताएका हुन् ।
ओलीले विश्व समुदायलाई यस लडाइँमा नेपाललाई विभिन्न प्रकारले सघाउन विशेष अपिल पनि गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।