images
images

भगवति हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 484
    SHARES
  • २०८१ भाद्र ३१ गते सोमबार

    भगवति हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लभांश वितरण प्रयोजनार्थ असोज २ गते बुकक्लोज गर्दैछ।

    असोज १ गते इन्द्रजात्राको अवसरमा उपत्यका बिदा भएका कारण शेयर बजार बन्द हुनेछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

    कम्पनीले असोज १६ गते, बुधबार, अर्पण ब्यान्क्वेट, थापागाँउ, नयाँ बानेश्वर, काठमाडौँमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । 

    सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १०.७३६८ प्रतिशत नगद लाभांश गरी कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

    त्यस्तै, सभाले कम्पनीको जारी पूँजी वृद्धि गर्ने, सो अनुसार कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

     

     

     


    images

    Logo