images
images

लाभांश प्रस्ताव पारित गर्न अपि पावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?


  • 376
    SHARES
  • २०८१ भाद्र ३१ गते सोमबार

    लाभांश प्रस्ताव पारित गर्न अपि पावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ। कम्पनीले कात्तिक १ गते, होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौँमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ ।

    सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४७३७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

    त्यस्त, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको सहयक कम्पनी अपि इन्फ्रा लिमिटड कम्पनीमा शतप्रतिशत शेयर स्वामित्व रहने गरी लगानी गर्ने, बहुमत शेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनीमा लगानी गरी न्वागाड साना जलविद्युत आयोजना, दार्चुला पावर कम्पनीमा लगानी गरी मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गर्ने, सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडमा लगानी गरी माथिल्लो तादी खोला जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा भइरहेकोले उक्त लगानीलाई अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। सभामा कम्पनीका शेयरधनीहरुबाट १ महिला तथा १ स्वतन्त्रसहित गरी ५ जना सञ्चालकहरुको निर्वाचन पनि हुनेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १६ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

     

     

     

     


    images

    Logo