images
images

आईपीओमा लगानी गर्नेको प्रतिफल : हाइड्रोमा ४ सय प्रतिशतसम्म, माइक्रोमा ५ हजार !


  • 534
    SHARES
  • २०७८ बैशाख २५ गते शनिबार

    आईपीओमा  लगानी गर्नेको प्रतिफल : हाइड्रोमा ४ सय प्रतिशतसम्म, माइक्रोमा ५ हजार !

    काठमाडौं । यो वर्षसम्म १३ अर्बको आईपीओले स्वीकृति पाएको छ । चालु आर्थिक वर्षको पहिलो १० महिना वित्नै लाग्दा नेपाल धितोपत्र बोर्डले १४ वटा कम्पनीका १३ अर्ब ३४ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्कासन गर्ने अनुमति दिएको हो । 

    बोर्डका अनुसार यो वर्ष आईपीओ निष्कासन अनुमति पाउने कम्पनीले कुल चुक्ता पुँजीको १२ प्रतिशतदेखि ४३ प्रतिशतसम्म हुनेगरी आईपीओ निष्कासन गर्ने प्रस्ताव गरेका थिए । सो अनुसार कुल ३४ अर्ब ३३ करोडको शेयर दर्ता भएकोमा सो बराबरको आईपीओ निष्कासन प्रस्ताव गरिएको हो । यो औसत ३९ प्रतिशत हो ।

    यो वर्ष आईपीओ निष्कासन अनुमति पाउने कम्पनीहरुमा रिलाइन्स लाइफ इन्स्योरेन्स, समाज लघुवित्त, जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, प्रभु लाइफ इन्स्योरेन्स, नेपाल इन्फास्ट्रक्चर बैंक, सिंगटी हाइड्रोपावर, ग्रीनलाइफ हाइड्रोपावर, महिला लघुवित्त, रुरु जलविद्युत् कम्पनी, ज्योति लाइफ इन्स्योरेन्स, सीईडीबी हाइड्रोपावर र मध्य भोटेकोशी जलविद्युत् कम्पनी रहेका छन् । 

    ती कम्पनीमध्य हाल मध्य भोटेकोशी जलविद्युत् आयोजना बाहेक अरु सबैको शेयर बिक्री भइसकेको छ । सीईडीबी हाइड्रोपावर बाहेक अरुको शेयर बजारमा कारोबार सुरु समेत भइसकेको छ । 

    कुन शेयरले कति कमाए ? 

    यो वर्ष आईपीओ जारी भई बजारमा कारोबार भएका सबै शेयरको मूल्य अंकित मूल्यभन्दा निकै माथि पुगेको छ । बिहीबारको अन्तिम कारोबार दिनका आधारमा यो वर्ष आईपीओ जारी भएका कम्पनीमध्ये ग्रीनलाइफ हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा कम ३ सय ८८ रुपैयाँ पुगेको छ । सबैभन्दा बढी कमाउने महिला लघुवित्तको शेयरमूल्य भने ५ हजार नाघेको छ । 

    त्यस्तै, दोस्रो सबैभन्दा बढी कमाउने कम्पनी चन्द्रागिरि हिल्स बनेको छ । २ हजार ६ सयसम्म पुगेर झरेको सो कम्पनीको शेयर बिहीबार १ हजार ८ सय ७१ रुपैयाँमा अन्तिम कारोबार भयो । 

    हेर्नुहोस् यो बर्ष आईपीओ जारी गरेका कम्पनीको बजारमूल्य

    नाम

    बजारमूल्य

    रिलाइन्स लाइफ इन्स्योरेन्स

    ६८६

    समाज लघुवित्त 

     

    जनरल इन्स्योरेन्स

    ७००

    सानिमा जनरल इन्स्योरेन्स

    ७८६

    चन्द्रागिरि हिल्स

    १८७१

    प्रभु लाइफ इन्स्योरेन्स

    ८०८

    नेपाल इन्फास्ट्रक्चर बैंक

    ५३२

    सिंगटी हाइड्रोपावर

     ४८१

    ग्रीनलाइफ हाइड्रोपावर

    ३८८

    महिला लघुवित्त

    ५०३०

    रुरु जलविद्युत् कम्पनी

    ४९९

    ज्योति लाइफ इन्स्योरेन्स

    ८१२

    सीईडीबी हाइड्रोपावर

    कारोबार सुरु हुन बाँकी

    मध्य भोटेकोशी जलविद्युत् कम्पनी

    आईपीओ आउनै बाँकी

     


    images

    Logo