images
images

आशा लघुवित्तले गर्यो लाभांश घोषणा


  • 433
    SHARES
  • २०८१ आश्विन ६ गते आइतबार

    आशा लघुवित्तले गर्यो लाभांश घोषणा

    काठमाडौं । आशा लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। असोज ६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    लघुवित्तले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १४.२५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

     

     


    images

    Logo