images
images

शिवम् होल्डिङ्सले गर्यो नगद लाभांश घोषणा,  साधारण सभा पनि आह्वान


  • 321
    SHARES
  • २०८१ आश्विन ७ गते सोमबार

    शिवम् होल्डिङ्सले गर्यो नगद लाभांश घोषणा,  साधारण सभा पनि आह्वान

    काठमाडौं । शिवम् होल्डिङ्स  लिमिटेडले २(५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यस कम्पनीको असोज ४ गते बसेको सञ्चालक समिति बैठकले हाल कामय चुक्ता पुँजी ४ अर्ब ६४ करोडबाट २(५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

    यस्तै, कम्पनीले लाभांश प्रस्तावसहित असोज ३० गते साधारण सभा बोलाएको छ ।  सभा कम्पनीको कार्यालय अनामनगर, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

    शिवम् होल्डिङ्स प्रिमियममा आईपीओ जारी गर्ने तयारीमा छ । यसले गत वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

     


    images

    Logo