images
images

सिटिजन्स बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?


  • 372
    SHARES
  • २०८१ आश्विन ७ गते सोमबार

    सिटिजन्स बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं । सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

    बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ०.२१ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

    बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारिच भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ ।


    images

    Logo